फिफा वर्ल्ड कपको निम्ति अमेरिका जान ईरानको टीमलाई प्राप्त भयो भीजा

IMG-20260606-WA0038

वाशिंगटन: अमेरिकी अधिकारीहरूले बताएअनुसार, ईरानको वर्ल्ड कप फूटबल टीमका सदस्यहरूलाई अमेरिकाको भीजा प्राप्त भएको छ। यसले गर्दा उनीहरू यस महिना लस एञ्जिलिस नजिक हुने आफ्नो शुरुवाती २ वटा म्याच अघि मेक्सिकोको तिजुआनामा लगाइएको ट्रेनिंग बेसबाट अमेरिका आउन सक्नेछन्। इज्रायल रर अमेरिकासँग ईरानको युद्धले गर्दा वर्ल्ड कपमा टीमको भागीदारीलाई लिएर समस्या सृष्टि भएको थियो। भीजा प्रक्रियामा समस्याहरूले गर्दा ईरानले आफ्नो ट्रेनिंग बेसलाई एरिजोनाको टक्सनबाट हटाएर क्यालिफोर्नियाको सीमा नजिक मेक्सिकोको तिजुआनामा स्थानान्तरित गर्नु परेको थियो। एकजना अमेरिकी अधिकारीले बताएअनुसार, ईरानको टीमका सबै खेलाड़ीहरूका भीजा मञ्जुर भएको छ अनि उनीहरूलाई भीजा प्राप्त हुने प्रक्रिया चलिररहेको छ। यसरी अन्य एकजना अधिकारीले खेलाड़ीहरू, प्रशिक्षक, ट्रेनर र अन्य सहयोगी स्टाफहरूका निम्ति भीजा जारी गरिएको जानकारी दिएका छन्। ईरानका कुनै आवेदकको भीजा अस्वीकार गरियो कि गरिएन भन्ने चाहिँ उनले जानकारी दिएनन्। ईरानको टीमलाई यात्राको निम्ति पासपोर्ट शनिवारसम्म प्राप्त हुनेछ। उल्लेखनीय छ, तिजुआनाको निम्ति प्रस्थान गर्न अघि ईरानको टीमले तुर्कियेको अन्ताल्यामा वर्ल्ड कपको तयारी गरेको थियो। तुर्कियेमा अमेरिकी राजदूत टम बैराकले ईरानी टीमको भीजा प्रक्रिया शुरु गरेकोमा अंकारा स्थित अमेरिकी दूतावासको प्रशंसा गरेका छन्। उल्लेखनीय छ, फिफा वर्ल्ड कप २०२६-मा ईरान ग्रुप जी-मा बेल्जियम, इजिप्ट र न्यूजील्याण्डसँग रहेको छ। ईरानले आफ्नो पहिलो २ वटा म्याच क्यालिफोर्नियाको ईंगलवुडमा खेल्नेछ। पहिलो म्याच १५ जूनमा न्यूजील्याण्ड र दोसस्रो म्याच ६ दिनपछि बेल्जियमविरुद्ध रहेको छ। त्यसपछि टीम सिएटल जानेछ, जहाँ २६ जूनमा इजिप्टविरुद्ध अन्तिम ग्रुप म्याच रहेको छ।

About Author

Advertisement