मुगासङमा जिल्ला स्तरीय गाउँखाने कथा  प्रतियोगिता तथा अभिन्दन कार्यक्रम सम्पन्न

00-IMG-20221017-WA0158

कार्बी आङलङ (असम): आज असम नेपाली साहित्य सभा मुगासङ शाखाको उद्योग, अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिको मार्ग निर्देशन तथा फेसबुक पेज ‘गोर्खा मञ्च’को सञ्चालनमा एक दिवसीय स्वर्गीय केवल प्रसाद उपाध्याय स्मृति जिल्लास्तरीय गाउँखाने कथा प्रतियोगिता सम्पन्न भयोl यसका साथै अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिले अनेसास केन्द्रीय सभापति  कार्यकारी सभापति, उपसभापति रमाकान्त पौडेल महासचिव मदन थापा साथै अनेसास मुगासगं शाखाअन्तर्गत पृष्ठपोषक र आजीवन सदस्यहरुलाई पनि गोर्खा खदा, ढाका टोपी र सम्मानपत्रले अभिनन्दन जनायो।

पश्चिम कार्बी आङलङ जिल्लाअन्तर्गत भानुचोक मुगासङ गाउँस्थित भानुभक्त नाट्यमञ्चमा अनुष्ठित भएको गाउँखाने कथा प्रतियोगितामा जिल्ला समिति अन्तर्गत जम्मा ११ वटा शाखाले भाग लिएका थिए भने मुगासङ शाखाबाट पहिलो र तेस्रो स्थान र माईलु शाखाले दोस्रो स्थान ओगट्न सक्षम भयो। जिल्ला स्तरीय गाउँखाने कथा प्रतियोगिता सँगसँगै मञ्चमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रम अनेसास मुगासङ शाखाका सभापति पद्म थापाज्यूको सभापतित्वमा प्रारम्भ भयो अनि यस कार्यक्रमलाई केन्द्रीय उपसभापति रमाकान्त पौडेलले उद्घाटन गरे। निर्दिष्ट वक्ताको भनाइमा वरिष्ठ साहित्यकार तथा अनेसास सल्लाहकार डम्बर दाहालले गाउँखाने कथा माथि वक्तव्य प्रस्तुत गरेl अनेसास केन्द्रीय सभापति दुर्गा खतिवडा मुख्य अतिथिको रूपमा उपस्थित रहेको सभामा अनेसास केन्द्रीय कार्यकरी सभापति डा. चिन्तामणि शर्मा, महासचिव मदन थापा, केन्द्रीय सदस्य ज्योति हुमागाईं, अनेसास पश्चिम कार्बी आहलङ जिल्ला समितिका सभापति लीला निरौला, मूल सचिव गणेश छेत्री भागोप राष्ट्रिय कार्यकारिणीका साङ्गठनिक सचिव विमल प्रधान, अगोसका उपसभापति तथा पूर्व जिल्ला स्व-शासित परिषदका सदस्य चन्द्र बहादुर छेत्री, जिल्ला अगोस सभापति कृष्ण शर्मा, आग्सु पश्चिम कार्बी आङलङ जिल्ला सभापति खगेन्द्र थापालगायत असम नेपाली साहित्य सभाका स्थानीय संरक्षक लाल बहादुर छेत्री, स्थानीय आजीवन सदस्य तथा जिल्ला समितिका पदाधिकारीवर्ग उपस्थित थिए। विगत लकडाउन समयमा फेसबुक पेज मार्फत चर्चामा रहेको गोर्खामञ्चका संयोजक त्रय ज्योति हुमागाईं, दुर्गा दाहाल र अमित अधिकारीको संचालनमा जिल्लास्तरीय गाउँखाने कथा प्रतियोगिता प्रोजेक्टर व्यवहार गरि अत्याधुनिक ढाँचामा सम्पन्न गरिएको थियो। पहिलो विजयी प्रतिभागी टोलीलाई तीन हजार रूपियाँ नगद राशिको साथ सिलकप, दोस्रो विजयी टोलीलाई नगद २५ सय रूपियाँ  राशिसहित सिलकप र तेस्रो विजयी टोलीलाई दुई हजार रूपियाँ राशिलगायत सिलकप प्रदान गरियो। पश्चिम कार्बी आङलङ जिल्लाअन्तर्गत रुपाखेतीका स्वर्गीय केवल प्रसाद उपाध्यायका नाति  नन्द प्रसाद उपाध्यायले २० हजार रूपियाँ नगद राशि प्रदान गरेर यस कार्यक्रम सम्पन्न गरिएको थियो।  अन्तमा शाखा सम्पादक जीवन हुमागाईंले धन्यवाद प्रदान गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement