खरसाङ ब्याडमिन्टन एसोसिएसनकोबार्षिक साधारण सभा सम्पन्न

IMG-20221017-WA0211.jpg

खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा एसोसिएसनको खरसाङस्थित पार्क लोकेसन हलमा समितिका वरिष्ठ सदस्य रमेश राईको अध्यक्षतामा सम्पन्न भयो। संस्थाको २०२२-२४ कार्यकालको निम्ति नव कार्यकारी समितिको पुनर्गठन साथै अन्य विविध विषयहरु लिएर डाकिएको यस वार्षिक साधारण सभामा नयाँ पदाधिकारीहरु साथै कार्यकारी सदस्यहरुलाई सर्वसम्मतिद्वारा मनोनित गरिएको छ। उक्त नव गठित कार्यकारी समितिमा अध्यक्ष पेमेन्द्र गुरुङ, सचिव पियुष राई, उपाध्यक्षद्वय शरद प्रधान अनि तपेश्वर प्रसाद, संयुक्त सचिवद्वय सन्दिप दत्त अनि विमस आले, कोषाध्यक्ष विश्वजीत रोय, सह-कोषाध्यक्ष विशाल आले, प्रमुख सल्लाहकार शुभ्र रुम्बा अनि अन्य सल्लाहकारहरुमा दावा भुटिया, रमेश राई अनि अशोक लामा, प्रचार प्रसार (मिडिया) संयोजक अनि जन सम्पर्कमा बृज कमल राई अनि हेमन्त दर्नालको साथमा कार्यकारी सदस्यहरु पंकज सारिया, सुमन थापा, शिवम छेत्री, विनय थापा अनि अशोक दर्नाललाई मनोनित गरी चयन गरियो। यसै गरी हलको रख रखाउ अनि व्यवस्थापनको निम्ति भरत योल्मो अनि प्रकाश लामालाई हल ईन्चार्जको रूपमा चयन गरिएको छ अनि शुभ्र रुम्बाले यस कार्यमा उनीहरुलाई स्वेच्छतापूर्वक सहयोग पुर्याउने छन् । खरसाङ ब्याडमिन्टन एसोसिएसन एउटा पन्जीकृत संस्था हो साथै दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनसंग पनि सम्बद्धता रहेको कारणले खरसाङ ब्याडमिन्टन एसोसिएसनको पक्षबाट शुभ्र रुम्बा अनि सरोज गुरुङलाई डीजीएचबीएको निम्ति प्रतिनिधिको रूपमा चयन गरिएको छ। यसका साथै प्रशिक्षण अनि अन्य व्यवस्थापनको निम्ति शुभ्र रुम्बा, शरद प्रधान, तपेश्वर प्रसाद अनि दावा भुटियालाई समितिले कार्यभार सुम्पेका छन्। विगतका वर्षहरु झैं आगामी कार्यकालको निम्ति श्रीमान अनित थापा, मुख्य कार्यपाल, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई संस्थाको प्रमुख संरक्षक अनि अध्यक्ष, खरसाङ नगरपालिकालाई संरक्षक अनि अधिवक्ता श्रीमती सपना राईलाई संस्थाको कानुनी सल्लाहकारको रुपमा मनोनित गरिने सभामा प्रस्ताव पारित गरियो। उक्त सभामा संस्थाको संविधानलाई पुनरावलोकन गरी अंग्रेजी अनि नेपाली भाषामा छपाएर सबै सदस्यहरुलाई वितरण गरिने पनि निर्णय लिइयो साथै सबै आजीवन सदस्यहरूको सूची पनि तयार गरिने प्रस्ताव पारित गरियो।
सभाको अन्तमा नव निर्वाचित अध्यक्ष पेमेन्द्र गुरुङले नयाँ कार्यकारी समितिलाई शुभकामना व्यक्त गर्दै नव गठित कार्यकारी समितिले खरसाङ ब्याडमिन्टन एसोसिएसनलाई नयाँ दिशा दिएर खेलकुदमा मात्र नभएर सामाजिक अनि सांस्कृतिक क्षेत्रहरुमा पनि संस्था सधैं अग्रसर भएर अघि बढ्नेछ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement