लक्ष्य संघ नेहुर बालासन चियाबारीको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता शुरु

IMG-20221017-WA0208.jpg

खरसाङ: लक्ष्य संघ नेहुर बालासन चियाबारीद्वारा गत ८ अक्टोबर २०२२ देखि खुल्ला भलिबल प्रतियोगिता शुरु भइसकेको छ भने आइतबार सम्पन्न भएको पहिलो म्याचमा सिडर्स अनि एनबीवाइसीमाझको खेलमा सिडर्सले बिजय हाँसिल गर्‍यो। त्यसरी नै दोस्रो म्याचमा सोनादा पुलिस बनाम जेकेयुसी मिलिङमाझ धेरै रोमाञ्चक भएको म्याचमा सोनादा पुलिसले जीत हासिल गर्‍यो। उक्त म्याचलाई निर्णायकहरु विशाल भुजेल अनि लोकेश राईले सञ्चालन गरेका थिए। त्यस दिन अथितिहरुमा गाउँ समाजका वयोवृद्ध व्यक्तिहरु आरबी राई, घनश्याम गुरुङ, भोला शंकर गुरुङ आदि उपस्थित थिए। विशेष वर्तमान युवावर्ग कुलतको बाटोमा संलग्न नहोस् भनी सही मार्गमा ल्याउनुको निम्ति खेलकुदप्रति प्रोत्साहन गर्नुको निम्ति उक्त खेल सम्पन्न गरिएको जानकारी संघका मूल सचिव राजीव राई दिएका छन्। उक्त खेलमा जम्मा २२ वटा दलहरुले भाग लिएका छन्।

About Author

Advertisement