सोनादामा तेञ्जिङ नोर्गेको १०८औं जन्म जयन्ती पालन गर्दै भारत रत्न दिनु पर्ने मांग

IMG-20220529-WA0138.jpg

सोनादा: विश्वको सर्वोच्च पर्वत माउण्ट एभरेष्टमा पहिलोपल्ट पुग्ने पार्वतोरोही तेञ्जिङ नोर्गे शेर्पाको १०८औं जन्म जयन्तीको अवसरमा सोनादामा शेर्पा समुदायद्वारा एक कार्यक्रम आयोजना गरिएको छ। सोनादा क्षेत्रका सबै शेर्पा समुदायद्वारा सोनादाको शेर्पा गुम्बामा परिसरमा पार्वतोरोही तेञ्जिङ नोर्गे शेर्पाको १०८औं जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रममा सोनादा क्षेत्रका शेर्पा समुदायद्वारा विभिन्न प्ला कार्डहरू लिएर प्रदर्शन गर्दै तेञ्जिङ नोर्गेलाई भारतको सर्वोच्च सम्मान भारत रत्न दिनुपर्ने मांग गरेका छन्। यस अवसरमा सोनादाको शेर्पा समुदायबाट दोर्जे शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै आज सोनादा क्षेत्रमा हामी शेर्पा समुदायद्वारा तेञ्जिङ नोर्गे शेर्पाको १०८औं जन्म जयन्ती पालन गरिएको बताए। उनले हामी तेञ्जिङ नोर्गे शेर्पालाई भारतको सर्वोच्च सम्मान भारत रत्न दिनुपर्छ भनी मांग गर्दछौं भनी बताएका छन्। उनले आज तेञ्जिङ नोर्गेको १०८औं जन्म जयन्ती सबैतिर पालन गरिएको र यसै अवसरमा हामीले सोनादामा पनि पालन गरेको र हामी तेञ्जिङ नोर्गे शेर्पालाई भारत सरकारले मृत्यु पर्यन्त भारतको सर्वोच्च सम्मान भारत रत्न दिनु पर्ने मांग गरेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement