सिलगढी। कोरोनाको डरलाग्दो अवस्थापछि यस वर्ष पुनः छात्रवृत्ति परीक्षा सञ्चालन गरिएको भए पनि परीक्षार्थीको सङ्ख्यालाई लिएर प्राथमिक शिक्षा विकास बोर्ड चिन्तित छ। कोरोना अवधिपछि यस वर्ष असोज १२ गतेदेखि चौथो कक्षाको छात्रवृत्ति परीक्षा पुनः शुरु भएको थियो। पश्चिम बङ्गालमा यस वर्ष २ लाख उम्मेदवार भए पनि कोरोना अवधिअघि यो संख्या करिब ५ लाख थियो।