जलपाईगुडी। जलपाईगुडी जिल्लाको धुपगुरी ब्लक अन्तर्गत बरोघरिया क्षेत्रमा सडक जीर्ण अवस्थामा छ। जसका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या परेको भन्दै स्थानीयले यी खराब सडक मर्मत गर्नुपर्ने माग गरेका छन्। जलपाईगुडी जिल्लाको धुपगुडी ब्लकको बरोघरिया क्षेत्रको वैद्य आश्रम बुथको मल्लिकपाडा र कमरपाडा क्षेत्रमा सडकको अवस्था खराब छ। अलिकति पानी परेमा सडकबाटै जानुपर्छ।