फिफा वर्ल्ड कपको भारतमा जील-ले प्रसारण गर्ने

IMG-20260601-WA0114(1)

नयाँ दिल्ली: फिफा वर्ल्ड कप २०२६-को भारतमा प्रसारणलाई लिएर लामो समयदेखि जारी अनिश्चितता समाप्त भएको छ। जी एण्टरटेनमेण्ट एण्टरप्राइजेस लिमिटेड (जील)-ले सोमवार फिफा वर्ल्ड कप २०२६-को प्रसारण अधिकार हासिल गरेको घोषणा गऱ्यो। फिफा वर्ल्ड कपको आयोजन १२ जूनदेखि अमेरिका, मेक्सिको र क्यानाडामा हुनेछ। भारतमा यस प्रतिष्ठित टुर्नामेण्टको प्रसारणलाई लिएर जारी अनिश्चितताले फूटबलप्रेमीहरूको चिन्ता बढ़ाएको थियो। यसपाली टुर्नामेण्ट शुरु हुन केवल ११ दिन अघि भएको यस सम्झौताले लाखौं भारतीय फूटबलप्रेमीहरूलाई राहत दिएको छ। कम्पनी-ले बताएअनुसार, जील-ले फिफा वर्ल्ड कप २०२६-को साथमा फिफा वर्ल्ड कप २०३० र फिफा महिला वर्ल्ड कप २०२७-को पनि प्रसारण गर्नेछन्। यो सम्झौता केवल फिफा वर्ल्ड कप २०२६-सम्म सीमित रहनेछैन। सम्झौताअन्तर्गत जील-लाई २०३४-सम्म फिफाको ३८ अन्य आयोजनहरूको प्रसारण अधिकार पनि हासिल भएको छ। यसरी भारतीय दर्शकहरूलाई आउँदो ८ सालको निम्ति फिफाको प्रमुख टुर्नामेण्टहरू हेर्ने एउटा स्थायी मञ्च हासिल भएको छ। फूटबल र अन्य खेलहरूको प्रसारणलाई मजबूत गर्न जील-ले चारवटा नयाँ स्पोर्ट्स च्यानलहरू शुरुवात गर्ने घोषणा पनि गऱ्यो। कम्पनीले बताएअनुसार, दर्शकहरूलाई असल अनुभव दिलाउने उद्देश्यले युनाइटेड८ स्पोर्ट्स १, युनाइटेड८ स्पोर्ट्स १ एचडी, युनाइटेड८ स्पोर्ट्स२ र युनाइटेड८ स्पोर्ट्स एचडी लञ्च गरिनेछ। खेलप्रेमीहरूले यी च्यानलहरूको माध्यमले फूटबल महाकुम्भको आनन्द लिन सक्नेछन्।

About Author

Advertisement