सेरि एः दुई मिलानको साथमा नापोलीको जीत

IMG-20221017-WA0154.jpg

१७ अक्टोबरः इटालियन सेरि ए फूटबलमा आइतवार राति गत विजेता एसी मिलानको साथमा इण्टर मिलान र नापोलीले आ-आफ्नो म्याच जित्यो। नापोलीले रोमाञ्चक म्याचमा बोलोग्नालाई ३-२-ले पराजित गऱ्यो। यस जीतको साथै नापोलीले सेरि ए टेबलमा शीर्ष स्थान हासिल गऱ्यो। नापोलीसँग अहिले १० वटा म्याचमा २६ पोइण्ट रहेको छ। म्याचमा विजेता टीमबाट जुआन जीससले ४५औं, हार्विंग लोजानोले ४८औं र भिक्टर ओसिमहेनले ६९औं मिनटमा गोल गरे। यसरी नै इण्टर मिलानले सालेरनिटाना विरुद्ध २-०-ले जीत दर्ता गऱ्यो। म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टरबाट लौटारो मार्टिनेजले १४औं र निकोलो बारेल्लाले ५८औं मिनटमा गोल गरे।

वर्तमान च्याम्पियन एसी मिलानले पनि भेरोना विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याचमा विजेता टीमबाट निर्णायक गोल साण्ड्रो टोनालीले ८१औं मिनटमा छिराए। एसी मिलान अहिले २३ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। यसरी नै सातौं स्थानमा रहने इण्टर मिलानसँग १८ पोइण्ट रहेको छ। यसबीच लाजियो र उडिनीसबीचको म्याच ०-०-ले अनि स्पेजिया र क्रेमोनेसबीचको म्याच २-२-ले ड्र रह्यो।

About Author

Advertisement