गोरुबथान: गोरुबथान बिजेपी मण्डल कार्यलयमा पोख्रेबुङ ,मगर गाउँका ९ घरले आज समर्थन जनाएको छ।उनीहरु सबै विगतमा गोजमुमो पार्टीसित संलग्न थिए।आफ्नो गाउँको मूलभुत समस्या बाटो पानी समाधान गरिदिने आश्वासन बाहेक अरु केही नपाएछि आफुहरु बिजेपीमा सामेल भएको बताएका छन्। आफुहरुको गाउँबाट सोमबारे बजार जान केवल ६० देखि ८० रुपियाँमात्र लाग्ने तर बाटोको दुरावस्थाको कारण हालमा सोमबारे बजार आउन ३०० रुपियाँभन्दा धेर लाग्ने बताए। विद्यार्थी, बिरामीहरुको निम्ति झनै समस्या रहेको पनि बताए।यी सब मगर गाउँका मूलभुत समस्याबाट समाधान पाउने ठुलो आशा साँचेर नै आफुहरु बिजेपी पार्टीमा सामेल भएको थप बताए।गोरुबथान बिजेपी मण्डलका सभापति गणेश कुलुङको बाहुलीबाट झण्डा थापेर समर्थन जनाएका छन्। यसरी समर्थन जनाउनेहरुमा क्रमैसँग अजित छेत्री, राम कुमार छेत्री, बिनय छेत्री, मोहन छेत्री, इन्द्र बहादुर छेत्री, मनोरथ शर्मा, सुजन राई, दीपक छेत्री रहेका छन्। गोरुबथान बिजेपी मण्डलका प्रतिनिधिगणको उपस्थितिमा झण्डा दिने कार्य सम्पन्न भयो।