१७ अक्टोबरः रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबलको बहुप्रतीक्षित एल क्लासिको म्याचमा बार्सिलोना विरुद्ध सजिलै जीत हासिल गऱ्यो। सीजनको पहिलो एल क्लासिको म्याचमा रियलले चीरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू-मा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले मध्यान्तर अघि नै २ गोलको बढ़तसहित बार्सिलोनाको चुनौतीलाई माटोमा मिलाएको थियो। अनुभवी स्ट्राईकर करीम बेञ्जेमाले कार्लो एन्सेलोट्टीको टीमलाई १२औं मिनटमै बढ़त दिलाए। त्यसपछि फेडेरिको भालभर्देले ३५औं मिनटमा अझ एक गोल गरी होम टीमलाई मध्यान्तर अघि नै २-०-ले अघि पारे। मध्यान्तरपछि पनि बार्सिलोनाले अधिक चुनौती पेश गर्न सकेन। यसबीच फेरान टोरेसले ८३औं मिनटमा गोल गरी बार्सिलोनाको निम्ति खाता खोले। अन्तमा रोड्रिगोले स्टपेज टाइमको पहिलो मिनटमा पेनल्टीबाट गोल गरी रियललाई ३-१-ले जीत दिलाए। ला लीगाको यस सीजनमा बार्सिलोनाको यो पहिलो हार हो जबकि रियल म्याड्रिड चाहिँ अहिलेसम्म अजेय रहेको छ। यस जीतको साथै रियलले ९ वटा म्याचमा २५ पोइण्टको साथ ला लीगा टेबलमा आफ्नो शीर्ष स्थानमा बढ़तलाई दह्रिलो बनायो। दोस्रो स्थानमा रहने बार्सिलोनासँग २२ पोइण्ट रहेको छ।

यसरी नै रियल बेटिसले अलमेरिया विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट विलियम कार्वाल्होले २३औं र ७१औं मिनटमा २ गोल गरे। यसरी नै बोर्खा इग्लेसियसले ६६औं मिनटमा गोल गरे। अलमेरियाबाट एल बिलाल टोरेले ५२औं मिनटमा गोल गरे। यस जीतपछि रियल बेटिस १९ पोइण्टको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा पुग्यो। रियल सोसिएदादले पनि दशजना खेलाड़ीमा सीमित हुने सेल्टा विगोलाई २-१-ले पराजित गऱ्यो। सेल्टा विगोका गोन्सालो पेसिन्सिआलाई अन्तिम क्षणमा रातो कार्ड देखाइयो। रियल सोसिएदाद अहिले १९ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा एस्पानयोलले भाल्लाडोलिडलाई १-०-ले पराजित गऱ्यो।