गोरुबथान: गोरुबथान धर्मशाला नजिक चिल्ड्रेन होम एकाडेमीको भवनमा आर्टस क्लासको आइतबारको दिन एक कार्यक्रम बीच उद्घाटन भएको छ। यस क्षेत्रको विद्यार्थी नानीहरुलाई चित्रकला सम्बन्धि ज्ञान दिन हेतु खोलिएको यसका प्रशिक्षकद्वय नारायण प्रधान र पुरण मंगर रहेका छन्।गोरुबथान आर्टस एण्ड क्राफ्ट्सको नाममा खोलिएको यस प्रशिक्षण क्लासमा चित्रकलाका बुनियादी ज्ञानहरु सिकाइन्छ। यस उद्घाटन समारोहको मुख्य अतिथी चिल्ड्रेनस होम एकाडेमीका संस्थापक श्रीमति तारण राई थिइन। यसै गरी विशिष्ट अतिथिगणमा युद्धवीर उच्चतर माध्यमिक विद्यालयको शिक्षक बसन्त कुमार गुरुङ र समाजसेवी कुन्दन प्रधान रहेका थिए। यस कार्यक्रममा पचासजना भन्दा धेरै अभिभावकहरुको बाक्लो उपस्थितिमाझ प्रशिक्षक पुरण मंगरले कार्यक्रम सन्चालन गर्दै यसरी गोरुबथानको भेकमा चित्रकलाको ज्ञान सिकाउने क्लास खोल्नुको औचित्य स्पष्ट गरे।यसै क्रममा प्रशिक्षक नारायण प्रधानले आफ्नो सम्बोधनमा बताए कि चित्रकला प्रशिक्षणले नानीहरुको बौद्धिक क्षमतामा वृद्धि भएर जानेछ।नानीहरुमा धैयर्ता बडेर जानेछ। कार्यक्रममा अतिथिगणले पनि दुवै प्रशिक्षकलाई शुभकामना टक्राउदै हाम्रो भेकमा चित्रकलाको विद्यालय नै गठन हुन पर्ने बताए। अन्तमा सबैप्रति आभार व्यक्त गर्दै प्रशिक्षक पुरण मंगरले कार्यक्रम समापनको घोषणा गरे। उपस्थित भएका नानीहरुले धेरै खुशीको साथमा चित्रकला सिकिरहेको पनि देखियो।