कोलकाता: भारत र बांग्लादेशबीच रेल सेवा कोरोनाको कारण लगभग दुई वर्षभन्दा धेरै समयसम्म रहेपछि आइतबारदेखि एकपल्ट फेरि शुरू भयो। आइतबार कोलकाता स्टेशनदेखि बांग्लादेशको खुलना स्टेशनको निम्ति बन्धन एक्सप्रेसलाई हरियो झण्डा देखाएर प्रस्थान गराइयो। ईस्टर्न रेलवे सियालदहको पीआरओ र असिस्टेन्ट कमर्सियल मेनेजर एचएन गंगोपाध्यायले आइतवार जानकारी गराए, आजदेखि बन्धन एक्सप्रेस र मैत्री एक्सप्रेसको संचालन फेरि शुरू गरिँदैछ। बांग्लादेशबाट अधिकतर यात्री घुम्न, मेडिकल सेवाको निम्ति र खरीददारीको निम्ति भारत आउछन्। पहिलो दिन बन्धन एक्सप्रेसमा केवल १९ यात्री सवार थिए। त्यही, मैत्री एक्सप्रेसमा १०० यात्रीले आफ्नो यात्रा पूरा गरे। समय बढ्नसाथ यी रेलहरूमा पनि भीड़ बड्नेछ।
ईआरका प्रवक्ता एकलव्य चक्रवर्तीअनुसार भारत र बांग्लादेशबीच यात्री रेल सेवा कोरोनाको कारण दुई वर्षदेखि बन्द थियो। आइतबार बिहान यो सेवा ७.१० बजे कोलकाता स्टेशनदेखि बन्धन एक्सप्रेस प्रस्थान हुनसाथ बहाल भयो। बन्धन एक्सप्रेस सातामा दुई दिन चल्छ। जबकि कोलकाताबाट बांग्लादेशको राजधानी ढाकाको निम्ति मैत्री एक्सप्रेस सातामा पाँच दिन संचालित हुनेछ। चक्रवर्तीअनुसार भारत र बांग्लादेशबीच रेल सेवालाई अझ् अधिक सुगम बनाउनका लागि १ जूनदेखि मिताली एक्सप्रेस पनि शुरू हुनेछ। यो रेल न्यू जलपाईगढ़ीदेखि ढाकासम्म जानेछl