कोलकाता। केन्द्रीय गृहमन्त्री अमित शाहले हरियाणाको सुरजकुण्डमा अक्टोबर २७ र २८ मा देशका सबै राज्यका गृहमन्त्रीहरू, गृह सचिवहरू र प्रहरी महानिर्देशकहरूसँग बैठक गर्नेछन्। केन्द्रीय गृह मन्त्रालयले मुख्यमन्त्री ममता बनर्जीलाई पनि बैठकमा सहभागी हुन निमन्त्रणा पठाएको छ।
मुख्यमन्त्री ममता बनर्जी त्यहाँ जाने वा नजाने भन्ने अझै स्पष्ट भइसकेको छैन। मुख्यमन्त्री गयो भने वार्ता के हुन्छ भन्नेमा सबैको नजर छ।