गोरुबथान: अम्बियोक खेल मैदानमा समपन्न फुटबल टुर्नामेन्टको सेमी फाइनलमा अन्तत अम्बियोक हाई स्कुलले जित हासिल गरे। सेमिफाइनल म्याचमा अम्बियोक हाइ स्कुलले प्रतिद्वन्दी बिल्डर सेभेनलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्यो।आजको म्याच गोल किपरको महत्वपूर्ण भूमिकाले नै अम्बियोक हाई स्कुललाई फाइनल पुग्न सफल बनायो।खेलको अवधि भरि दुवै टीमले कुनै गोल दाग्न सकेन फलस्वरुप निर्णायकले खेललाई टाइब्रेकरमा माध्यमबाट फैसला गराउने भयो। यस ट्राइब्रेकरमा विपक्षी दलको दुइवटा सर्ट रोकेर आफ्नो दललाई फाइनलको टिकट कन्फर्म गराए।खेलको अन्तिम सिटी नबजेसम्म म्याच कसको पक्षमा जान्छ कसैले अडकलबाजी लगाउने स्थिति थिएन। दुवै पक्षले आ आफ्नो दललाई विजयी बनाउने सक्दो चेष्टा गरे। खेलाडीहरूले एकाधिक सुनौलो मौकाहरू पाए तर गोलमा परिणत गर्न सकेनन्। फलस्वरूप खेल निर्धारित समयसम्म गोलरहित रह्यो।
त्यसपछि निर्णयको निम्ति खेलाइएको टाइब्रेकरमा अम्बियोक हाइ स्कुल विजयी बन्यो। भोलि अम्बियोक हाइ स्कुल च्याम्पियन ट्रफीको मैदानमा उत्रनेछ।