नक्सलबारी: जंगली हातीको उत्पातले नक्सलबारीको मणिराम ग्राम पञ्चायत अन्तर्गत बड़ो मणिराम इलाकामा शनिवार राति निक्कै उत्पात मच्चाएको छ। जंगली हात्तीहरूको झुन्डले लगभग तीस बीघा जमिनमा लगाइएको धानको खेतीलाई तहस नहस पारिदिएको छ। स्थानीय किसानहरूले बताए अनुसार यो वर्ष पनि फेरि एकपल्ट धानको खेती गरेपछि धानको कटाई गर्न ठीक अघि सम्पूर्ण फसलहरू हात्तीहरूको झुन्डले नष्ट गरिदिएको छ। प्रत्येक वर्ष यस्ता घटना घटे तापनि वन विभागले कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। किसान नीरेन्द्रनाथ सिन्हाले भने, धानको कटाई गर्ने तयारी गरिरहेको थियो तर यसभन्दा अघि नै गत राति हात्तीहरूको झुन्डले खेतबारीमा उत्पात मच्चाएर फसलहरू नष्ट गरिदिएको छ। धरैजसो किसानले ऋण लिएर धानको खेती गरेको थियो तर हात्तीले नष्ट गरिदियो। तिनले अझ भने, यदि सरकारले यसबारे चाँडो भन्दा चाँडो कुनै कार्वाही नगरे किसानहरू मर्नेछन्।