नाउ पल्टिॅंदा सातजना यात्रीको मृत्यु

IMG_20221016_223723.jpg

कटिहार: पश्चिमी बीरानगर पंचायत भएर बग्ने बरंडी नदीमा एउटा नाउ पल्टिॅंदा सातजना यात्रीको मृत्यु भएको छ।मृतकहरु नदीको अर्को छेउको खेतबाट धानको फसल काटेर फर्किरहेका थिए। यसरी फर्किरहेको समय नाउमा भार धेरै भएपछि नदीमा पल्टियो। यस घटनामा मर्नेहरुमा क्रमैले शकिन आलम (०६ वर्ष), कुंती देवी (४२ वर्ष), रूबी कुमारी (१९ वर्ष), बबिता कुमारी (१९ वर्ष), दुखन पासवान (५१ वर्ष), रुचि कुमारी (१६ वर्ष) तथा विकास कुमार (१४ वर्ष) सामेल छन्। सबै मृतक पश्चिम बारीनगर पंचायतको कादर टोला निवासी थिए। स्थानीय जनप्रतिनिधि अरविंद कुमारले भने, नाउमा नौ जना थिए। दुई जना युवक सुरक्षित बाहिर आउन सफल बने। उनले मजदूरहरू धान काटेर फर्किरहेको समय यस्तो घटना घटेको बताए। उनीहरू धान काटेर नाउमा हालेर फर्किरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement