भाजपा प्रदेश अध्यक्ष डी. बी. चौहानको जन संसदमा सहभागिता

IMG_20221016_222640.jpg

गान्तोक: भारतीय जनता पार्टी प्रदेश अध्यक्ष डीबी चौहानले आज अदमपूलमा हाम्रो सिक्किम पार्टीद्वारा इनर लाइन पर्मिटलाई लिएर आयोजित जन संसदमा सहभागिता जनाए। सिक्किमलाई माया गर्ने विभिन्न राजनीतिक दल साथै गैर राजनैतिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न जन संसदमा भाजपा प्रदेश अध्यक्षले पनि विशेष सम्बोधन राखेको जानकारी पार्टी प्रवक्ता डा. राजु गिरीले विज्ञप्तिमा दिएका छन्। नागरिकता संशोधन ऐनबारे बोल्दै यसबारे अघिबाटै देशका गृहमन्त्रीले संसद जस्तो प्रजातन्त्रको सर्वोच्च सदनमा दिएको बयानलाई हल्का लिन नमिल्ने बताएका छन्।
यस्तै प्रकारले वान नेशन-वान रासन कार्डबारे बोल्दै यो केन्द्र सरकारको राष्ट्रिय योजना रहेको बताएका छन्। सिक्किमले यसलाई वञ्चित गर्न नमिल्ने बताए। सिक्किमका पनि १ लाखभन्दा अधिक परिवारले यस योजनामार्फत लाभ उठाइरहेको बताउँदै यदि राज्य सरकारले चाहेको खण्डमा यसमा पनि अवैध रासन कार्डहरूमाथि नियन्त्रण गर्नसक्ने अनि सिक्किम र सिक्किमेको हितलाई सुरक्षा गर्नसक्ने अधिकार र शक्ति राज्य सरकारसँग रहेको बताए।
यसै गरी संविधानको धारा ३७१ एफ-माथि बोल्दै धारा ३७१ ले सम्पूर्ण पूर्वोत्तरलाई विशेष प्रावधान दिएर सुरक्षा गरेको बताउँदै यो संवैधानिक विषयलाई लिएर कसैले भ्रमको राजनीति नगर्न भाजपा अध्यक्षले आग्रह गरे। उनले आगामी दिनमा आईएलपीलाई लिएर राज्य अनि केन्द्र सरकारसमक्ष कुनै पनि पहल गर्न भाजपा सिक्किम अग्रणी भूमिका निभाउन तयार रहेको बताउँदै सिक्किम र सिक्किमे जनताको हित अनि सुरक्षाको निम्ति भाजपा सिक्किम कुनै हदसम्म जान पनि पछि नपर्ने अध्यक्ष चौहानले उपस्थित सबैलाई भरोसा दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement