गोरुबथान: आज सामसिङ १ नम्बर प्राथमिक पाठशालाको भवनमा निशुल्क नेत्र जाँच शिविर सम्पन्न भएको जानकारी संघका अध्यक्ष संजयराज विश्वले दिएका छन्। आज समपन्न यस शिविरमा सामसुङ तथा वरिपरिका संलग्न क्षेत्रका करिब ९० देखि १०० मानिसहरुले फाइदा लिए। यस शिविरमा नेत्र चिकित्सक डा. एसदेव नाथ तथा उनका सहयोगीहरुले आँखा रोग सम्बन्धि जानकारी गराउँदै आँखा जाँच गरे। यसमध्ये चार जनालाई मोतीबिन्दु रहेको पाइयो। ति मोतीबिन्दुका बिरामीहरुलाई निशुल्क अप्रेशन र औषधि पनि प्रदान गरिनेछ।यस शिविरमा आएकाहरुलाई सुलभ मूल्यमा चश्मा पनि वितरण गरिएको थियो। यसरी आजको शिविरमा आफ्नो टोलीसहित उपस्थिति दिएर यस शिविरलाई सफल तुल्याइ दिएकोमा डा. एसदेवनाथ तथा उनका टोलीलाई संघको तर्फबाट खदामाला तथा उपहार पनि प्रदान गरे।संघको तर्फबाट सबै महानुभावहरुप्रति संजयराज विश्वले धन्यबाद टक्राएका छन्।