प्रथम अन्तर विद्यालय बोल्डरिङ प्रतियोगिता

IMG-20221016-WA0316.jpg

इन्चे स्कूल बन्यो चाम्पियन

गान्तोक: सिक्किम स्पोर्ट्स क्लाइम्बिंग एसोसिएशन (एसएससीए) ले आयोजन गरेको सिक्किम राज्य कै पहिलो अन्तर विद्यालय बोल्डरिङ प्रतियोगिता समाप्त भएको छ। सिक्किम स्पोर्ट्स क्लाइम्बिङ एसोसिएसनले हिजो १५ अक्टोबरदेखि गान्तोकको ह्वाइट हल परिसर स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न स्कूलबाट जुनियर र सबजुनियर वर्गमा ६५ जना विद्यार्थी प्रतियोगिले भाग लिएका थिए। आज प्रतियोगिताको समापन अवसरमा स्यारी निर्वाचन क्षेत्रका समाजसेवी टेम्पो ग्याछो लेप्चा मुख्य अतिथि रहेका थिए। पहिलो अन्तर विद्यालय बोल्डरिङ प्रतियोगितामा चारवटा मेडल सहित इञ्चे उच्चतर माध्यमिक विद्यालय प्रतियोगिताको च्याम्पियन बनेको छ। आयोजक सिक्किम स्पोर्ट्स क्लाइम्बिङ एसोसिएसनले प्रतियोगितामा उत्कृष्ट तीन स्थानमा आउने प्रतियोगीलाई मेडल र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेको छ। एसोसिएसनका अध्यक्ष कुञ्जाङ ग्याछो भोटियाले जानकारी दिए अनुसार दुवै वर्गबाट विजेता बनेका प्रतियोगिलाई पूर्वोत्तर राज्यस्तरीय प्रतियोगितामा पठाइनेछ भने अन्यका लागि आगामी दिनमा एसोसिएसनले प्रशिक्षण शिविर लगाउने छ। अहिले यो बोल्डरिङ खेल ओलम्पिकमा पनि सामेल गरिएको खेलको बिधा मध्ये एक भएको हुनाले यसमा खेलाड़ीहरूको निम्ति प्रसस्त सम्भावना रहेको छ। यसरी प्रतियोगिता आयोजन गर्दा सरकारी विभाग, सरकार, संगठन र खेलाड़ीको संयुक्त प्रयासमा अघि बढ्ने बताउँदै अध्यक्ष ग्याछोले योपटकको खेलमा जुनियर र सब जुनियर वर्गमा प्रतियोगिता आयोजन गरिएको र खेलाड़ीहरूको अविभावकहरूको चासो भने न्यून रहेको हुनाले आगामी दिनमा अविभावकहरूले पनि आफ्नै छोरा छोरीको रूचिलाई सम्मान गर्नुपर्ने बताए।

प्रथम बोल्डरिङ प्रतियोगितामा जुनियर गर्ल्समा प्रथम वेस्ट पोइन्ट स्कूलकी विद्यार्थी ङ्गुसाङ शरेपा बनिन्‌। दोस्रो स्थानमा इन्छे पाठशालाकी छिरिङ छोडेन शेर्पा विजयी बनिन्‌ भने इन्छे स्कूलकै प्रतिमा तामाङ तेस्रो स्थानमा विजयी बनिन्‌। यसैगरि सब जुनियर गर्ल्समा मोर्डन स्कूल की छात्रा जस्मिन राई प्रथम,पुनालमित लेप्चा दोस्रो तथा देवराली स्कूलकी परिसा थामी तेस्रो बनिन्‌। अर्कोतिर सब जुनियर बोइजमा वेस्ट पोइन्ट स्कूलका सेजल विश्र्वकर्मा प्रथम अनि मोर्डन स्कूलका वाङचोप भोटिया दोस्रो स्थानमा विजयी बने। अन्तमा जुनियर बोइज वर्गमा इन्छे स्कूलका छात्र अनमोल प्रधान प्रथम, वेस्ट पोइन्ट स्कूलका विद्यार्थी पेम्पा तामाङ दोस्रो तथा इन्छे स्कूलका छात्र अविनाश मङ्गर तेस्रो स्थानमा विजयी बनेका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement