गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर गत ११ अक्टोबरदेखि नामाङकन पत्र बुझाउने प्रक्रिया शुरू भएको छ। आज नामाङकन पत्र बुझाउने चौथो दिन नाम्ची जिल्लाबाट कूल १५४ जनाले नामाङकन पत्र बुझाएका छन्। आज बुझाइएको १५४ वटा नामाङकन पत्र मध्ये २५ जनाले जिल्ला पञ्चात र रहलले वार्ड पञ्चायतको निम्ति बुझाएका हुन्। यसै क्रममा मंगन जिल्लाबाट आज नामाङकन पत्र भर्ने पाँचौं दिनमा कूल ३४ जनाले बुझाए, जसमा ५ जनाले जिल्ला पञ्चायत र २९ जनाले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएका छन्। उनीहरूले आज मंगन जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी डा. एबी कार्की समक्ष बुझाएका हुन्। सोही प्रकारले पाकिम जिल्लाबाट आज कूल ९५ जनाले नामाङकन पत्र जिल्लापाल एवम रिटर्निङ अधिकारीसमक्ष बुझाएका छन्। आज बुझाएका ९५ जना मध्ये १४ जनाले जिल्ला पञ्चायतको निम्ति फारम बुझाएका छन्। यसै क्रममा गान्तोक जिल्लाबाट कूल ५५ जना उम्मेद्वारले नामाङकन पत्र बुझाएका छन्,जसमा ११ जनाले जिल्ला पञ्चायतको निम्ति नामाङकन पत्र भरेका छन् भने रहलले वार्ड पञ्चायतको निम्ति बुझाएका छन्। सोही प्रकारले सोरेङ जिल्लाबाट आज नामाङकन पत्र पर्ने पाँचौ दिनमा कूल १०२ जनाले बुझाएका छन्। आज बुझाइएका १०२ नामाङकन मध्ये १७ जनाले जिल्ला पञ्चायत र ८५ जनाले वार्ड पञ्चायतको निम्ति फारम बुझाएका छन्।

यसरी नै गेजिङ जिल्लाबाट आज कूल १०५ जनाले नामाङकन पत्र भरेका छन् जसमा १९ जनाले जिल्ला पञ्चायत र ८६ जनाले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएको जानकारी गराएको छ। उल्लेखनीय छ, राज्यमा हुन गइरहेको पञ्चायत चुनाउ यसपाली पार्टीविहिन हुने भएको छ भने यसको निम्ति १८ अक्टोबरसम्म इच्छुक उम्मेदवारहरूले नामाङकन पत्र बुझाउन सक्ने छन्। नामाङकन पत्रको जाँच आगामी १९ अक्टोबरको दिन हुने छ भने २१ अक्टोबरमा उम्मेदावरहरूले आफ्नो नामाङकन पत्र फिर्ता लिन सक्नेछन्। १२ नोभेम्बरको दिन मतगणना हुने चुनाउ आयोगले अगावै घोषणा गरिसकेको छ।