हीरा रसाइँली अब नयाँ गीतहरूको साथमा

IMG_20221016_220520.jpg

दार्जीलिङ: वरिष्ठ गायिका हीरा रसाइँलीका फ्यानहरूको निम्ति खुशीको खबर रहेको छ। उनको कोकिल आवाजमा फेरि नयाँ गीत बजारमा आएको छ। हिजो साङमा बीचगाउँ, पोख्रेबुङबाट हिरा रसाइँलीको नयाँ गीति एल्बम ‘कस्तो माया चियाबारी’को सार्वजनिक गरिएको छ। दार्जीलिङका नरेन्द्र दियालीको शब्द रहेको उक्त गीतको संयोजन दार्जीलिङकै परिचित संगीतकार एवं संगीत संयोजक जीवन प्रकाश प्रधानले गरेका छन्।

जीटीए सभा अध्यक्ष अञ्जुल चौहान, सूचना एवं सांस्कृतिक विभागका सभासद अनोस थापा, जीटीएका मुख्य कार्यपालका सल्लाहकार अमर लामा,सभासद् नोबल बम्जन, सूचना एवम् सांस्कृतिक विभागका सह-निर्देशक भानुकान्त घिसिङ, वरिष्ठ संगीतकार कर्म योन्जन, गीतकार पुरण गिरी, प्रो. अजित बस्नेत आदिको उपस्थितिमा आयोजित एक औपचारिक कार्यक्रमबीच उक्त गीति एल्बमको लोकार्पण गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement