मुख्यमन्त्री प्रेमसिंह ताामाङले जनाए अनलाइन डिजिटल ब्याङकिङ यूनिट उदघाटन कार्यक्रममा सहभागिता

IMG-20221016-WA0311.jpg

गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशभरिका ७५ वटा जिल्लामा डिजिटल ब्याङकिङ यूनिटको अनलाइन कन्फ्रेन्सको माध्यमद्वारा उदघाटन गरे। यसै क्रममा सिक्किम राज्यमा पनि तीन वटा डिजिटल व्याङ्किङ युनिटको उदघाटन गरियो जसमा मंगन, गेजिङ र गान्तोक जिल्लामा रहेका छन्। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ, लोकसभा सांसद इन्द्र हाङ सुब्बा, विधायक डीआर थापा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। राजधानीको गान्तोकस्थित टाइटनिक पार्कको विपरितमा डिजिटल व्याङ्किङ यूनिटको उदघाटन गरियो।

स्टेट व्याङ्क अफ् इन्डियाका महाप्रबन्धक जगेश चन्द्र साहुले जानकारी गराए अनुसार अब मानिसहरूले यस डिजिटल व्याङ्किङ यूनिटको सहजरूपमा लाभ उठाउन सक्नेछन्। यसको माध्यमद्वारा उपभोक्ताहरूलाई विभिन्न प्रकारको सुविधा उपलब्ध गराइने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement