सिलगढी: भाजपाले नगरपालिका डेङ्गु रोकथाममा असफल भएको आरोप लगाउँदै सिलगढीमा र्याीली निकालेको छ। आज साँझ सिलगढीको हाश्मी चोकबाट सुरु भएको यो र्या लीले सहरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। यस क्रममा भाजपा सिलगढी संगठनात्मक जिल्ला समिति अध्यक्ष आनन्दमय बर्मन, सिलगढी विधायक शंकर घोष, डबग्राम-फुलबारी विधायक शिखा चटर्जी, फनीदेवा विधायक दुर्गा मुर्मु आदि उपस्थित थिए। यस सम्बन्धमा आनन्दमय बर्मनले भने,सिलगढी नगर निगम डेङ्गुसँग लड्न पूर्ण रूपमा असफल भएको छ। आगामी दिनहरूमा पनि आन्दोलन लगायतका कार्यक्रमहरू गरिने छ। यसपछि पनि डेङ्गु नियन्त्रणमा आएन भने आगामी दिनमा भारतीय जनता पार्टीले व्यापक आन्दोलन गर्नेछ।