प्रतिबन्धित पटेकाहरूसहित एकजना व्यक्तिलाई पक्राउ

photocollage_20221016211039145.jpg

सिलगढी: हाल सिलगढीको विभिन्न ठाउँहरूको दोकानमा प्रतिबन्धित पटेकाहरू बिक्री भइरहेकोले गर्दा तिनीहरू विरूद्ध सिलगढी मेट्रोपलिटन पुलिसले लगातार कार्वाही गरिरहेको छ। यसैक्रममा सिलगढी पुलिसले प्रतिबन्धित पटेकाहरूसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपी दिव्यजीत करको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पुलिसले सिलगढीको निवेदिता मार्केटमा अभियान चलाएर १२० पेटी प्रतिबन्धित पटेकाहरू उद्धार गरेपछि दिव्यजीतलाई पनि पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement