जनजाति अधिकार फोरमको पश्चिम बङ्गाल राज्य समितिको तेस्रो सम्मेलन सम्पन्न

SAVE_20221016_210533.jpg

जलपाइगढी: जनजाति अधिकार फोरमको पश्चिम बङ्गाल राज्य समितिको तेस्रो सम्मेलन सम्पन्न भयो। जनजातिको अधिकार खोस्ने सरकार विरुद्ध एकजुट हुन जनतालाई आह्वान गरियो। उक्त सभा जलपाइगढी जिल्लाको नगरकट्टामा भएको थियो। दुइदिने सम्मेलनमा पुलिन बिहारी बास्केलाई सचिव र रामलाल मुर्मुलाई अध्यक्षमा ४३ सदस्यीय प्रदेश समिति गठन गरिएको थियो। सम्मेलनपछि आज दिउँसो सार्वजनिक सभा आयोजना गरिएको थियो। रामलाल मुर्मुको अध्यक्षतामा भएको उक्त जनसभामा डा.पुलिन बिहारी बास्के, देबलेना हेम्ब्रम, रवीन्द्रनाथ हेम्ब्रम, डा. रामचन्द्र डोमलगायतले मन्तव्य राखेका थिए।

सभाको शुरुवातमा चिया मजदुर आन्दोलनका अगुवा सुखमोत ओरावले आदिवासी जनजाति सांगीतिक प्रस्तुति गरेका थिए। विभिन्न चिया बगानका आदिवासीहरू धम्सा मदल बजाउँदै आदिवासी नृत्य प्रस्तुत गर्दै भेला स्थलमा प्रवेश गरेका थिए। जनसभामा वक्ताहरूले आदिवासी जनजातिको अधिकार खोस्ने सरकार विरुद्ध एकजुट हुन, आगामी पञ्चायत निर्वाचनमा जनताको एकता कायम गर्न र जनताको हितमा काम गर्ने पञ्चायत गठन गर्न सबै श्रमजीवीलाई आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement