अधिक मात्रामा मादक पदार्थसहित एकजना पक्राउ

IMG_20220529_203837.jpg

सिलगढी। सिलगढीको एसएनटी बस स्टयाण्डबाट प्रधान नगर थाना पुलिसले धेरै मात्रामा मादक पदार्थसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ गरेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेका व्यक्ति सिक्किम निवासी सतेनकुमार दर्नालको रुपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत राति सतेन कुमार दर्नाल एउटा ब्यागमा प्रतिबन्धित कफ सिरप लिएर सिक्किम जाने तरखरमा थिए। तर यसभन्दा अगावै प्रधान नगर थाना पुलिसले अभियान चलाएर ३० बोतल प्रतिबन्धित कफ सिरपसहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement