जङ्गल सफारी घुम्न आएका कोलकताका पर्यटकले समस्या भोग्नु परेको छ

IMG-20221016-WA0267.jpg

अलिपुरद्वार: जङ्गल सफारीका लागि जल्दापाडा आएका पर्यटकहरूलाई दुव्र्यवहार गर्ने सनसनीपूर्ण घटना बाहिर आएको छ। जानकारीअनुसार आइतबार कोलकताबाट धेरै पर्यटक जङ्गल सफारी गर्न जल्दापाड़ा आएका थिए। तिनले जङ्गल सफारीको टिकट अनलाइन बुकिङ गरेका थिए तर आइतबार जल्दापाडा पुग्दा उनको जङ्गल सफारी बुकिङ नै नभएको थाहा भयो।
कोलकताका पर्यटक दीपक देले आफूले जङ्गल सफारीको अनलाइन टिकट बुकिङ गरेको बताए तर आइतबार जङ्गल सफारीका लागि जल्दापाडा आएपछि आफूसँग बुकिङ नभएको थाहा भयो। यहाँ आएका पर्यटकले आफ्नो खाताबाट पैसा काटिए पनि बुकिङ भने नभएको बताएका छन्। यहाँ आएर उनीहरूले विभिन्न समस्या भोगिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement