१६ अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। आजको म्याचमा युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबले चोंगथोंग युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अनमोल राईले गोल गरिन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको अघिल्लो म्याच शनिवार खेलिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।