दिपावली कपः कालीझोड़ा ड्राइभर फाइनलमा

IMG_20221016_205731.jpg

१६ अक्टोबरः शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित कृष्णा कुमार राई स्मारक नक्-आउट फुटबल टुनामेण्ट (दिपावली कप) २०२२-मा कालीझोड़ा ड्राइभरले फाइनलमा स्थान बनायो। शेल्पु पञ्चवत्ती खेल मैदानमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा कालीझोड़ा ड्राइभरले यूटीएससी थामलाई ६-१ पराजित गऱ्यो। अब २३ अक्टोबर (आइतवार)-को दिन खेलिने फाइनलमा कालीझोड़ा ड्राइभर र यूटीएससी थाममाझ भिड़न्त हुनेछ।
यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल आगामी २३ अक्टोबरमा हुने जानकारी आयोजक शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीका सभापति बिजय खवासले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement