अलिपुरद्वार: कालचिनी ब्लक बीडीओ प्रशान्त बर्मनले आइतवार चुआपाडा क्षेत्रमा हात्तीको आक्रमणबाट प्रभावित क्षेत्रहरूको भ्रमण गरे। बीडीओले हात्तीको आक्रमणबाट प्रभावित परिवारहरूसँग पनि कुरा गरे। त्यसपछि उनले पीडित परिवारलाई तिरपाल र खाद्य सामग्री उपलब्ध गराए। हात्तीको आक्रमणबाट चुआपाडा क्षेत्रका दुई परिवारका घर पूर्ण रुपमा क्षति भएको बीडीओ प्रशान्त बर्मनले बताए।उनले आज उक्त क्षेत्रको भ्रमण गरी पीडितलाई भेटेर सरकारी सहयोग उपलब्ध गराए। उनले क्षतिपूर्तिको प्रबन्ध मिलाउने आश्वासन पनि दिएका छन् ।यसैगरी शनिबार राति जंगली हात्तीले चुआपाडा चियाबारीका दुई घरमा क्षति पुर्याएको थियो।