वन विभाग र पर्यटन विभागले पैसा सकंलन गर्न बन्द नगरे चालक संगठनद्वारा टाईगर हिलमा गाड़ीहरू कुदाउन बन्द गर्ने चेताउनी

IMG-20221016-WA0289.jpg

दार्जिलिङ: दार्जिलिङको प्रसिध्द पर्यटकीय स्थल टाइगर हिलमा गाड़ीहरूलाई पैसा संकलन गरिएको विरोधमा चालकहरूले विभागहरूलाई सोमबारसम्मको समय दिएको छ। गोर्खा एकता चालक संगठनले दुई दिनको समय दिएका छन् नत्र मंगलबारदेखि टाइगर हिलमा गाड़ीहरू कुदाउन बन्द गर्ने भएको पत्रकारहरूलाई जानकारी गराएका छन् । यस विषयमा गोर्खा एकता चालक संगठनको सभापतिले पत्रकारहरूसित कुराकानी गर्दै वन विभागले २०१९ देखि एक प्रति व्यक्ति ५० रूपियाँ संकलन गर्ने गरिरहेको र अहिले आएर पुन: पर्यटन विभागले पनि २० रुपियाँ गरेर संकलन गर्न थालेको अनि ट्राफिक पुलिसले पनि १० रुपियाँ गरेर संकलन गर्न थालेको आरोप लगाएका छन्। गोर्खा एकता चालक संगठनको सभापति सागर राई, महासचिव भरत तिरुवा र अन्य सदस्यहरूले दार्जिलिङमा पत्रकार सम्मेलन बोलाएर यस विषयमा जानकारी गराएका छन्। संगठनको सभापति सागर राईले आरोप लगाउँदै भने, २०१७ अघि पर्यटन विभागले प्रति व्यक्ति १०,२०,३० र ४० रुपियाँ गरेर संकलन गर्ने गर्दथे तर त्यसताक पर्यटकहरूलाई कफी दिने गरेको र बस्ने व्यवस्था पनि भएको साथै वरिष्ठ नागरिकहरूको लागि सूर्योदय हेर्नलाई राम्रो ठाउँ रहेको थियो। उनले लक डाउनपछि टाइगर हिलमा वन विभाद्वारा प्रति व्यक्ति ५० रुपियाँ सकंलन गरिरहेको थियो तर पुन: पर्यटन विभागले पनि १५ अक्टोबरदेखि प्रति व्यक्ति २० रुपियाँ गरेर संकलन गरिरहेको अनि ट्राफिक पुलिसले पनि १० रुपियाँ सकंलन गरिरहेको आरोप लगाएका छन्।

संगठनको सभापति सागर राईले वन विभाग, पर्यटन विभाग, पुलिस सबैलाई पैसा दिएर पनि बाटो राम्रो नभएको, सदैव जाम भएर पर्यटकहरू टाईगर हिल पुगेर सुर्दोदय हेर्न नपाउने साथै टाईगर हिलमा कुनै कुराको पनि व्यवस्था नभएको आरोप लगाएका छन्। राईले टाईगर हिल वास्तामा कसको हो पर्यटन विभागको कि वन विभागको भनी प्रश्न गर्दै हामीले दुई दिनको समय दिएका छौं र सोमबारभित्रमा वन विभाग कि पर्यटन विभागले पैसा सकंलन गर्न बन्द गरेको जानकारी गराए मात्रै हामी गाड़ी कुदाउन तयार छौं नत्र मंगलबारदेखि टाइगर हिलमा गाड़ीहरू कुदाउन बन्द गर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement