दार्जिलिङ: जीटीएको प्रमुख कार्यपाल अनित थापाले इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सको निजी बासस्थानमा पुगेर उनकी आमाको निधनप्रति श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले अजय एडवर्ड्स र उनको परिवारमा शोक समवेदना व्यक्त गर्दै अजय एडवर्डसँग भेटघाट गरेर यस दुःखको घडीमा उनको बातचीत गरेका छन्।

उनीसितै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा र अन्य पनि उपस्थित रहेका थिए।










