खरसाङ: दशैँको मुखैमा बोनस दिनुको सट्टा अम्बटे चियाबारीका प्रबन्धकहरू कमान बन्द गरेर भागेको कारण अहिले पनि कमान बन्द अवस्थामा छ भने आज अचानक कमानका केही स्टाफ-सब स्टाफहरू तथा स्थानीय राजनीतिक दलका नेताहरूले बगान खोल्नुपर्छ भनेपछि त्यहाँका श्रमिकहरूले यसको विरोध जनाएका छन्। स्थानीय स्टाफ अनि सब-स्टाफहरू तथा राजनीति दलका नेताहरूले यसरी कमान बन्द नै रह्यो भने श्रमिकहरूले पाउने सहुलियत नपाउने तथा अहिले सुख्खाको मौसममा यसरी कमान बन्द गर्दा मालिकलाई नै फाइदा हुने बताउँदै कमान खोल्नुपर्छ भन्दा श्रमिकहरूले यसको विरोध जनाए औ यस सम्बन्धमा कोही राजनीति दलले यहाँ आएर राजनीति नगर्ने बताएका थिए।

श्रमिकहरूले यहाँको समस्या समाधानको निम्ति अधिवक्ता बन्दना राईलाई ल्याउने पनि बताएका छन्। आज बिहानको समय चिया कमान कारखाना छेऊ केहीबेर तनावको स्थिति पनि भएको थियो।