समाज सुधार संघको आयोजनामा घैयाबारीमा सांगीतिक अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न

SAVE_20221016_202433.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीस्थित नेताजी हाई स्कूलको खेल मैदानमा सांगीतिक अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। समाज सुधार संघ, नयाँ बस्ती घैयाबारीको आयोजनामा सम्पन्न उक्त सांगीतिक कार्यक्रम संघको सभापति किशोर खालिङको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न भएको छ। भुषण थापा र निर्मल लोहारको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत सम्भाषण प्रसाद शंकरले राखेका थिए।

अतिथिहरूको बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत तीनको ईए अर्पण छेत्री, तीनधारे पुलिस आउट पोष्टको ओसी मानस रोय, नेताजी हाई स्कूलको शिक्षक प्रभारी दिनेश प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, बीबी थापा, वाङ्दी लामा, जयराज थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। यस सांगीतिक कार्यक्रममा मुख्य आकर्षणको रूपमा विमोचना लम्जेल, पोखराबाट आएकी गायिका शितल थापा, स्वर लहर प्रतिभाको खोज सिजन दुईको विजेता मोहित भुजेल, बीरेन खाती, सन्तोष लामा लगायत स्थानीय कलाकरहरूले पनि सांगीतिक प्रस्तुति दिएका थिए। समाज सुधार संघ घैयाबारी एउटा पञ्जीकृत संस्था रहेको र यसको स्थापना सन् १९८९ मा नै भएको थियो। यसै संस्थाले सांगीतिक कार्यक्रम लगायत सम्बर्ध्दना कार्यक्रम सम्पन्न गरेको छ। यसै अवसरमा संघले समाजका वरिष्ठ नागरिकहरू नन्दु थापा, जानकी शर्मा लगायत सच्ची नेवार, समाजसेवी एंव इलेक्ट्रीसियन सन्तोष प्रधान र कोविड महामारीको समय ज्यानको बाजी लगाएर कोविड प्यासेञ्जरहरू बोकेर सेवा दिएका चालक गोपाल प्रधानलाई पनि सम्मान गरेका छन्।

उक्त सम्मानित व्यक्तिहरूको सम्बर्ध्दना पत्र राजेस गुरुङले पठन गरेका थिए भने अतिथिहरूको बाहुलीबाट सम्मान गरिएको थियो। कार्यक्रममा पेमुस भोटियाले ड्रग्स सचेतना विषयमा सचेतना गराउँदै सम्भाषण राखेका थिए। कार्यक्रममा विभिन्न सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। आजको कार्यक्रम विषयमा समाज सुधार संघको सल्लाहकार भुषण थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement