२८औँ दिन अनसन पुगिसक्दा पनि श्रमिकहरुले न्याय नपाएको गुनासो
खरसाङ: आज अन्तर्राष्ट्रिय चिया श्रमिक दिवसको दिन खरसाङको लङभ्यू चिया कमान जय श्रमिक आन्दोलन निरन्तर नै छ। आज २८औँ दिन अनसन पुगी सक्दा पनि चिया श्रमिकहरुले न्याय पाएका छैनन्। आजको दिनमा लङ्गभ्यू चिया कमानमा लगभग १४ करोडको कुल राशि मालिक गोविन्द गर्गले लुटेको हिल प्लान्टेशन इम्प्लोइज युनियनको आरोप छ। कमानमा म्यानेजर एपि सिंह अनि प्रबन्धक पक्षले कमानमा भ्रष्टाचारको घारी बनाएको आरोप युनियनले लगाएको छ। यस विषयमा हिल प्लान्टेशन इम्प्लोइज युनियनको तर्फबाट भनिएको छ, चिया उद्योगमा न्युनतम ज्याला लागू गरिएको छैन। उभिएको जमिनको पर्जापट्टा छैन। उल्टा कमानको ३०% जमिन ठूल्ठूला उद्योगपतिहरूलाई बेचेर व्यवसाय गर्ने नीति अहिलेसम्म लागु नै छ। गरिबी हाजीरामा काम गर्नु पर्ने स्तिथि देख्दा चिया संसार भरि नै जतिनै प्यारो ड्रिङ्क भएता पनि चिया पत्ति टिपेर चिया बनाउने चिया श्रमिकहरूको आङमा भने घाम लागेको छैन।’ हिल प्लान्टेशन इम्प्लोइज युनियनले अझ भनेको छ, चिया दिवसमा केवल चिया मात्र नखाएर चिया श्रमिकहरूको न्यायिक न्यूनतम ज्याला, पर्जापट्टा, जमीन लुट विरुद्धको लडाई अनि मालिक मुखि कानुन विरुद्धको सङ्घर्षलाई अझै बलियो बनाउने पहललाई अझै तीव्र गराउने हामी आग्रह साथै आह्वान् गर्दछौँ।











