नयाँ सरकारप्रति न्यायको आशामा पत्नी भारती तामाङ
दार्जिलिङ: स्वर्गीय मदन तामाङको पुण्यतिथिमा परिवारको न्यायप्रति उनकी पत्नी भारती तामाङले आशा व्यक्त गरेकी छन्। स्वर्गीय मदन तामाङको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारपक्षबाट पत्नी भारती तामाङले लामो समयदेखि न्यायको प्रतीक्षामा रहेको परिवारको पीडा अझैं समाप्त नभएको बताएकी छन्। उनले वर्षौँदेखि न्यायको आशामा पर्खिरहेको परिवारले यस पटक सरकार परिवर्तनपछि आवश्यक न्याय प्राप्त हुने अपेक्षा राखेको उल्लेख गरिन्। भारती तामाङले नयाँ राजनीतिक परिस्थितिले न्याय प्रक्रियालाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गर्दै स्वर्गीय मदन तामाङप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। यसको साथै परिवारले न्याय सुनिश्चित गर्न सम्बन्धित पक्षले आवश्यक कदम चाल्ने कुरामा आशा व्यक्त गरेकी छन्।











