खरसाङ: तीनधारे महानदी सुकना क्षेत्रमा रहेका इसाईहरुको संगठन ख्रीष्टीय सहयोग संगठनको तर्फबाट तीनधारेको लालमाट्टी क्षेत्रमा रहेको बाटो सर सफाई गर्ने काम सम्पन्न गरिएको छ। यस अवसरमा संगठनको तर्फबाट तीनधारे लालमाट्टीमा रहेको राष्ट्रिय राजमार्ग ११० देखि उकालो विभिन्न समुदायको अन्तिम यात्रा सम्पन्न गरिने (ग्रेभियट) परिसर हुँदै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत कार्यालय मुनिसम्म रहेको बाटोको सर सफाई गरिएको छ। विशेष गरेर विद्यार्थीहरु, दैनिक काम गर्न जानेहरु, पञ्चायत कार्यालय जानेहरु यही बाटो भएर हिँड्नु पर्ने भएकोले बाटो सर सफाई गरिएको छ। बाटो रहेको मैलानर झारपातहरु सर सफाई साथै वरिपरि सर सफाई गरिएको छ।

ख्रीष्टीय सहयोग संगठनको तर्फबाट विभिन्न सामाजिक क्रियाकलाप अन्तर्गत जनसाधारणको सुविधाको लागि बाटो सर सफाई गरिएको र भविष्यमा पनि यस्ता विभिन्न सामाजिक कार्यहरु गरिने संगठनको सचिव पास्टर जोहन सुब्बाले बताएका छन्। यस सर सफाई कार्यमा पास्टर जोहन सुब्बा, पास्टर जर्ज जोहन राई, सचिन राई, एस्तर शर्मा, रेणु परियार लगायत अन्यहरु उपस्थित रहेका थिए।











