शहीदहरूको परिवारसँग उभिनु हाम्रो राष्ट्रिय दायित्व हो: रक्षामन्त्री राजनाथ सिंह

रक्षामन्त्री राजनाथ सिंह l फाइल फोटो

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले देशका नागरिकहरूलाई साम्प्रदायिक बन्धनहरू पार गरेर प्रत्येक भारतीय सैनिक र स्वतन्त्रता सेनानीमा प्रशस्त मात्रामा पाइने राष्ट्रिय गौरव र देशभक्तिका गुणहरू आत्मसात गरेर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरेका छन्। रक्षामन्त्रीले १६ अक्टोबरमा भर्चुअल माध्यमबाट एनजीओ ‘मारुति वीर जवान ट्रस्ट’द्वारा आयोजित ‘शहीदहरूलाई सलाम’ कार्यक्रमलाई सम्बोधन गर्दै थिए। क्षेत्र, धर्म, जात र भाषाको भेदभावभन्दा माथि उठेर निस्वार्थ भावले मातृभूमिको सेवा गर्न र सर्वसाधारणलाई विभिन्न खतराबाट जोगाउन सशस्त्र बलका जवानहरू रहेको उनले बताए। उनले भने, ‘त्यसैगरी हाम्रा क्रान्तिकारी स्वतन्त्रता सेनानीहरूले देशको स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति दिएका थिएl’

रक्षामन्त्रीले भने, ‘हाम्रा स्वतन्त्रता सेनानी र बहादुर सैनिकहरूको आदर्श र संकल्पलाई अगाडि बढाउनु प्रत्येक भारतीय नागरिकको कर्तव्य हो। देशको एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नु हाम्रो दायित्व भएको छl’ राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने बहादुर स्वतन्त्रता सेनानी र सशस्त्र बलका जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै रक्षामन्त्री राजनाथ सिंहले भने, ‘हामीले बलियो, समृद्ध र आत्मनिर्भर ‘नयाँ भारत’ निर्माण गर्न आफ्नो भूमिका खेल्नुपर्छl’

रक्षामन्त्रीले शहीदका परिवारलाई सहयोग गर्नु राष्ट्रिय दायित्व भएको बताए। उनले सेवानिवृत्त र अवकाशप्राप्त कर्मचारीका परिवारको हितमा सरकार प्रतिबद्ध रहेको बताए। उनले परिवारलाई सैनिकको सबैभन्दा ठूलो बल र सहारा प्रणाली भएको बताउँदै उक्त सहयोग प्रणालीलाई मजबुत बनाउन सरकारले कुनै कसर बाँकी नराखेको बताए। रक्षामन्त्री सिंहले गृहमन्त्री हुँदा ‘भारत के वीर’ नामक कोष खोलेको जानकारी दिए। यो केन्द्रीय सशस्त्र पुलिस बल (सीएपीएफ) कर्मचारी र कर्मचारीहरूको परिवारलाई मद्दत गर्ने उद्देश्यले गरेको उनको प्रमुख निर्णयहरू मध्ये एक थियो। ‘भर्खरै रक्षा मन्त्रालयले ‘मा भारती के सन्स’ वेबसाइट शुरु गरेको छ ताकि मानिसहरूले ‘सशस्त्र सेना युद्ध दुर्घटना कोष’मा थप योगदान दिन सकून्’, उनले यसरी जानकारी दिए।

रक्षामन्त्री राजनाथ सिंहले सशस्त्र बललाई स्वदेशी अत्याधुनिक हतियार/उपकरणले सुसज्जित गरेर देशको सुरक्षा संयन्त्रलाई सुदृढ पार्नु सरकारको उच्च प्राथमिकतामा रहेकोमा जोड दिए। ‘‘मेड इन इण्डिया’ युद्धपोत र अन्य उपकरणको समावेशले रक्षा क्षेत्रमा चाँडै पूर्ण ‘आत्मनिर्भरता’ हासिल गर्ने हाम्रो संकल्प झल्काउँछ’, उनले थपे। उनले सीमानाको कडा निगरानी भइरहेको र सबै प्रकारका चुनौती सामना गर्न राष्ट्र तयार रहेकोमा जोड दिए। उनले भारत शान्तिप्रेमी राष्ट्र रहेको र जसले कुनै पनि देशलाई हानी पुर्‍याउने प्रयास नगरेको तर देशको शान्ति र सद्भावमा खलल पार्ने प्रयास भए त्यसको उचित जवाफ दिइने बताए। सशस्त्र सेनाका जवान र स्वतन्त्रता सेनानीहरूको वीरता र बलिदानलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरिएको हो। भर्चुअल माध्यमबाट भएको कार्यक्रममा मारुती वीर जवान ट्रस्टका प्रतिनिधिहरुका साथै शहीदका परिवारहरुको समेत सहभागिता रहेको थियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement