दिपावली कपः फाइनलमा पुग्न सफल एमएमएफसी निरपानी

IMG_20221016_190838.jpg

१६ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा आइतवार एमएमएफसी निरपानीले अफ्रिकी खेलाड़ीहरूका दममा रोमाञ्चक जीत हासिल गरी फाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा अफ्रिकी मूलका खेलाड़ीहरू लिएर मैदानमा ओर्लिने एमएमएफसी निरपानीले रेड हर्स (इलाम, नेपाल)-लाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमका खेलाड़ी मेसोकेलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने दोस्रो सेमिफाइनलमा भीनस एफसी (फिक्कल, नेपाल)-ले नमो बुद्ध (रिम्बिक)-को चुनौती स्वीकार्नेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement