डेङ्गु परीक्षण गर्दै आशा र एएनएम स्वास्थ्य कर्मीहरू घर घरमा

5eafe8f9-27fa-4772-a28a-5327c0f23486

कालचिनी – सम्पूर्ण राज्यभरि नै डेङ्गु ज्वरोको प्रकोप बढ़िरहेको क्रममा स्वास्थ्य विभागको निर्देशअनुसार डेङ्गु परीक्षण चलिरहेको र यसको रोकथामको काम गर्न स्वास्थ्य कर्मीहरूलाई काममा लगाईएको छ। अलिपुरद्वार जिल्लाको कालचिनी खण्डमा डेङ्गुको भयावह प्रकोप नभए तापनि यसलाई फैलिन नदिन स्वास्थ्य विभागको निर्देश अनुरुप आशा र एएनएम महिला स्वास्थ्य कर्मीहरूलाई अहिले गाउँ गाउँमा ज्वरोले ग्रसित परिवार सदस्यहरूको रक्त नमुना संग्रह गर्ने काम चलिरहेको छ।

 यसै क्रममा कालचिनी खण्डको मेचपाड़ा चियाबारीको ८ नम्बर गाउँमा आशा कर्मी अनि एएनएम महिला स्वास्थ्य कर्मीहरूको टोलीले ज्वरोले ग्रसित परिवार सदस्यहरूको रक्त नमुना संग्रह गरेको थियो।  प्रायः ५२ जनाको रक्त नमुना संग्रह गरिएको र यो अझै तीन दिनसम्म चल्ने र संग्रह गरिएको प्लेट उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पठाएको सबसेन्टरका सेकेन्ड एएनएम सुषमा राईले जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement