युनाइटेड गुम्ती स्पोर्टिंग क्लब र मिक्स अप् महानदी क्वार्टर फाइनलमा

IMG_20221016_190603.jpg

१६ अक्टोबरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। गुम्ती खेल मैदानमा आज भएको पहिलो म्याचमा आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबले तीनधारे नयाँ कमानलाई ४-१-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। विजेता टीमबाट राजीव प्रधान, प्रजापति, अभिषेक गुरुङ र अलिशले गोल गरे। तीनधारे नयाँ कमानबाट प्रबल लामाले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा मिक्स अप् महानदीले एनजेएससी नयाँ बजार खरसाङलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट जर्सी नम्बर ११ र मचेन्द्र प्रधानले २-२ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १२ र १३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement