नव जागरण च्यालेञ्ज ट्रफीः लोहागढ़ एफसी सेमिफाइनलमा

IMG_20221016_190034.jpg

१६ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको म्याचमा लोहागढ़ एफसी-ले खोप्रेल एफसी-लाई ४-०-ले पराजित गऱ्यो। अब सोमवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा गोर्खा स्पोर्टिंग क्लब नागरी र रकमजोत नक्सलबारी एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement