सामसिङ– आँखा ईश्वरको एउटा यस्तो उपहार हो जसको कारण हामी संसारनै सुन्दर देख्छौँ। तर कुनै कारण यस आँखामा रोग लागे संसारै विरानो बन्छ। यसैले आँखानै संसार भएको हुँदा आज सामसिङ जन कल्याण सङ्घद्वारा सामसिङ (१) नम्बर प्राथमिक पाठशाला भवनमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। यस शिविरमा सामसिङ लगायत संलग्न क्षेत्रका आँखाका रोगीहरू प्रायः ९० देखि १ सय जना जतिले उक्त शिविरको लाभ उठाए। प्रायः चारजना जति मोतीविन्दुका रोगीहरू पनि भेटियो जसको अपरेशन निःशुल्क रुपमा गरिनेछ।

रोगीहरूलाई निःशुल्क औषधी उपलब्ध गराउनुको साथै सुलभ मुल्यमा चश्मा पनि वितरण गरियो। आर्थिक रुपमा कमजोर रहेकाहरूलाई निःशुल्क रुपमा चश्मा वितरण गरियो। आजको यस निःशुल्क नेत्र जाँच शिविरमा नेत्र रोग विशेषज्ञ डा एसदेव नाथले सेवा पुऱ्याएका थिए। डा एसदेव नाथ र उनका सहयोगीहरूलाई संघको तर्फबाट अध्यक्ष सञ्जयराज विश्वद्वारा खदा लगाइ उपहार प्रदान गरेको थियो।










