सलोनी राई स्मृति नक्आउट फूटबलः कालीझोड़ा युवा परिवार सेमिफाइनलमा

photocollage_20221016184827605.jpg

१६ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार कालीझोड़ा युवा परिवारले जीतको साथ सेमिफाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा कालीझोड़ा युवा परिवारले नागरी एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुनिल सार्की र स्वरूप तामाङले १-१ गोल गरे। यसरी नै नागरी एफसी-बाट प्रिञ्चु राणाले १ गोल गरे। सोमवार खेलिने क्वार्टर फाइनल म्याचमा अल स्टार एफसी र शक्ति संघ कालीझोड़ाबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement