मालदा: मालदा जिल्ला प्रशासनले पूजा कार्निवल पुरस्कार वितरण समारोह आयोजना गर्यो। शनिबार साँझ मालदा जिल्ला प्रशासन भवनको सम्मेलन कक्षमा कार्यक्रमको आयोजना गरिएको थियो। यस दिन मालदा सहरमा आयोजित पूजा कार्निवलमा सहभागी २६ क्लबलाई जिल्ला प्रशासनले पुरस्कृत गरेको थियो। साथै, यी २६ क्लबमध्येबाट उत्कृष्ट तीन क्लबलाई छनोट गरी प्रथम, दोस्रो र तेस्रो स्थान घोषणा गरिएको थियो। यसबाहेक पूजामा ‘सेफ ड्राइभ सेभ लाइफ’को राम्रो प्रचारप्रसार गरेको भन्दै चञ्चल, नलागुला र रतुआका तीन क्लबलाई जिल्ला प्रहरीले २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ। सो अवसरमा जिल्ला अधिकारी नितिन सिंघानिया, प्रहरी उपरीक्षक प्रदीपकुमार यादव, अङ्ग्रेजी बजार नगरपालिकाका अध्यक्ष कृष्णन्दुनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।










