एकभन्दा बढी सम्बन्धप्रति पनि आपत्ति छैन, छोरीलाई स्वतन्त्र जीवन दिन चाहन्छिन् कियारा

IMG-20260505-WA0059

छोरी सरायाहको भविष्यबारे अभिनेत्रीले खुलाएर राखिन् धारणा

मुम्बई: बलिउड अभिनेत्री कियारा आडवाणी सधैँ आफ्नो फरक सोचका लागि परिचित रहिआएकी छन्। यसपटक उनले आफ्नो व्यक्तिगत जीवन नभई आफ्नी एकमात्र छोरी सरायाहको भविष्य, सम्बन्ध र जीवनशैलीलाई लिएर यस्तो अभिव्यक्ति दिएकी छन्, जसको समाज माध्यममा व्यापक चर्चा भइरहेको छ।
सामान्यतया छोरीहरूको सम्बन्ध र विवाहलाई लिएर भारतीय परिवारमा परम्परावादी सोच देखिन्छ। तर कियाराले स्पष्ट रूपमा भनिन् कि उनी चाहन्नन् उनकी छोरीले ठूलो भएपछि केवल एउटै व्यक्तिलाई मात्र प्रेम गर्नुपर्छ वा उसैसँग विवाह गर्नुपर्छ भन्ने सोच राखोस्।
हालै एक कुराकानीका क्रममा अभिनेत्रीले आमाको रूपमा आफ्नो दृष्टिकोण साझा गरिन्। कियाराले भनिन् कि उनी चाहन्छिन् उनकी छोरीले पूर्ण र स्वतन्त्र जीवन बिताओस्। उनका अनुसार सरायाहमाथि कुनै प्रकारको दबाब दिइने छैन।
यदि उसले विवाह गर्न चाहन्छे भने गर्नेछे, र यदि गर्न चाहन्ने भने पनि उनलाई कुनै आपत्ति हुने छैन। उनले सधैँ आफ्नी छोरीको साथमा रहने पनि बताइन्।
अभिनेत्रीले आफ्ना पुराना सम्बन्धबारे पनि खुलेर कुरा गरिन्। उनले बताइन् कि जीवनमा जस-जससँग उनको सम्बन्ध रह्यो, एक समय उनले ती सबैसँग विवाह गर्नेबारे सोचेकी थिइन्। तर जीवन सधैँ योजनाअनुसार चल्दैन। मुस्कुराउँदै कियाराले भनिन् कि अन्ततः सिद्धार्थ मल्होत्रा जस्तो जीवनसाथी पाउँदा उनी अत्यन्त खुसी छिन्।
कियाराले थप भनिन् कि विगतका टुटेका सम्बन्धहरूले नै उनलाई परिपक्व व्यक्ति बन्न मद्दत गरेका छन्। उनका अनुसार गलत व्यक्तिको चयन गर्नु पनि जीवनको महत्वपूर्ण अनुभव हो र मानिसले त्यही गल्तीबाट सिक्ने गर्छ। त्यसैले उनी आफ्नी छोरीलाई पनि जीवनका सबै अनुभव प्राप्त गर्ने स्वतन्त्रता दिन चाहन्छिन्।
१५ जुलाई २०२५ मा सिद्धार्थ–कियारा दम्पतीले छोरीलाई जन्म दिएका थिए। हालै अभिनेत्रीले आफ्नो पहिलो मातृ दिवस मनाएकी थिइन्। जानकारीअनुसार त्यस विशेष दिन सिद्धार्थले आफ्नै हातले खाना बनाएर उनलाई आश्चर्यचकित पारेका थिए।
‎कामको कुरा गर्दा आगामी दिनमा कियारा टक्सिक: अ फेयरीटेल फर ग्रोनअप्स चलचित्रमा देखिनेछिन्। गीतु मोहनदास द्वारा निर्देशित यस चलचित्रमा यश, नयनतारा तथा हुमा कुरैशी को पनि अभिनय रहेको छ। यद्यपि चलचित्रको प्रदर्शन मिति केही पछि सारिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement