सीबीसी गुवाहाटीको आयोजनामा ‘आजादीको अमृत महोत्सव’ कार्यक्रम गेजिङमा सम्पन्न हुने

00-Ajadi-kaa-Amrit-Mahotsav

गान्तोक: सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गतको केन्द्रीय सञ्चार ब्यूरो, गुवाहाटीले १९ देखि २१ अक्टोबर २०२२ सम्म पश्चिम सिक्किमको क्योङ्सा स्टेडियम ग्राउन्ड, गेजिङमा ‘आजादीको अमृत महोत्सव’को विषयवस्तुमा तीन दिने कार्यक्रम आयोजना गर्ने भएको छ। तीन दिने कार्यक्रममा भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा उत्तर पूर्व र बाँकी भारतका स्वतन्त्रता सेनानीहरूका बारेमा जनचेतना जगाउने उद्देश्यले फोटो प्रदर्शनी, सशस्त्र सीमा बलका विभिन्न उपलब्धिहरू, हतियार प्रदर्शनी, मेडिकल क्याम्प, खाना स्टल, कला प्रतियोगिता र विभिन्न प्रदर्शनहरू हुनेछन्। कार्यक्रमको उद्घाटन सूचना तथा प्रसारण मन्त्रालय पूर्वोत्तर क्षेत्रका महानिदेशक बी. नारायणनले १९ अक्टोबर २०२२ को बिहान ११ बजे सशस्त्र सीमा बल सीमा मुख्यालय सिलगढीका महानिरीक्षक अमित कुमार, पश्चिम जिल्ला सिक्किमका जिल्ला कलेक्टर एवं मेजिस्ट्रेट श्रीमती येशी डी योंगडा, खेलकुद र युवा कल्याण विभाग सिक्किम सरकारका संयुक्त निर्देशक एन लमु भोटिया, एसएसबी र सिक्किम सरकारका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा गरिनेछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement