भागोप्रमोद्वारा दिएको टिकटमा विरोध जनाउँदै पंखाबारी लङ्भ्यु समष्टिबाट सभापति मणिराज डुम्जनको पार्टीबाट राजीनामा : स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड़ने

IMG-20220529-WA0131.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी-लंगभ्यू-अम्बटे समष्टि सभापति मणिराज डुम्जनले पार्टीको पदबाट राजीनामा दिएका छन्। तिनले यसपालीको जीटीए चुनाउको निम्ति पंखाबारी-लंगभ्यू-अम्बटे समष्टिबाट पार्टीले जसलाई टिकट दिए त्यसबारे समष्टि कमिटीमा कुनै प्रकारको सल्लाह नगरी आफू खुशी दिएकोमा तथा पार्टीलाई आज यस स्तरसम्म ल्याउन आफुले भरमग्दूर कार्य गरेको भए तापनि तर पार्टीले तिनको कार्यको कुनै कदर नगरेको जनाउँदै आफू यसै समष्टिबाट एक निर्दल प्रार्थीको रूपमा खड़ा भएर यस क्षेत्रका मानिसहरूको हितमा निष्पक्ष रूपले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement