विधायक सोनाम लामाद्वारा सबैलाई उपस्थितिको लागि आह्वान्
खरसाङ: भोलि मंगलवार भारतीय जनता पार्टीले खरसाङमा धन्यवाद र्यालीको आयोजना गर्ने भएको छ। यस विषयमा खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ विधानसभा समष्टिको नवनिर्वाचित विधायक सोनाम लामा, भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद र जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले एक भिडियो जारी गर्दै सबैलाई उपस्थितिको लागि अनुरोध गरेका छन्। यस विषयमा विधायक सोनाम लामाले भने, यो धन्यवाद ऱ्याली हाम्रो मात्र नभई सम्पूर्ण पहाडवासीको विजय उत्सव हो। यस ऐतिहासिक जीतलाई जनताको जितको रूपमा मनाउँदै हामी भोलि खरसाङमा टुरिस्ट लजदेखि खरसाङ मोटर स्ट्यान्डसम्म धन्यवाद र्याली आयोजना गर्दैछौँ।’
उनले सबैलाई अपिल गर्दै भनेर यस अवसरमा सम्पूर्ण खरसाङवासीहरूलाई उपस्थित भई कार्यक्रममा सहभागी बनिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।’
उनले खरसाङमा सीमित सडक व्यवस्थाका कारण र्यालीको समयमा केही समय ट्राफिक जाम तथा आवागमनमा असुविधा हुन सक्ने भएकाले म पहिल्यैदेखि सम्पूर्ण सर्वसाधारणसमक्ष क्षमाप्रार्थी रहने पनि बताए। उनले विशेषगरी अत्यावश्यक कामका लागि बाहिर निस्किनु पर्ने महानुभावहरूलाई समयमै यात्रा गरिदिने अनुरोध गरेका छन्।










